पश्चिम नेपाल को दुर्गम गाँउ म जन्मिएको नेत्र दस जोड दुई को अध्यान पुरा गरी सरकारी कलेज मा भर्ना हुन्छ । निजी कलेजको कडा अनुशासन मा बाँधिएको नेत्र एकाएक चिडिया घर बाट मुक्त जनावर जस्तै स्वतन्त्र भएको थियो ।सरकारी क्याम्पस मा हुने विद्यार्थी राजनितिको प्रभाब उस्लाई नि केहि दिनमै पर्यो । साथी भाई हरुको सँगत अनि माहोल ले उसलाई पनि राजनिती मा होमिन बाध्य बनायो ।अब उ कलेज को एक बिद्द्यार्थी सँगठन को सकृय सदस्य बन्यो ।
क्याम्पस मा हुने हरेक कृयाकलाप मा उ सकृय सहभागी हुन्थ्यो ।दिन प्रतिदिन उसलाई राज्नितिको भुत सबार हुँदै थियो ।सँगठन ले दिएका हरेक जिम्बेवारी सहज रुपमा सम्पादन गर्दै गयो ।सँगठन मा उसको लगाब र क्षमता को चर्चा हुन्थ्यो । मिलनसार नेत्र सबैको दुख सुख मा सहभागी भैइ रहेको थियो ।
यसै बिच उसको पहिलो बर्ष को अध्ययन समय सकियो ।तर बिना पढाई ।समय बित्यो तर उसले पढाई भन्दा सँगठन तिर ध्यान दियो ।परिक्षा आयो उस्ले केहि सिमित बिसय हरुको जाँच दिने निधो गर्यो ।अरु बिसय को त पढे को भए पो दिन सक्थ्यो ।
कलेजमा नयाँ शैक्षिक सत्र सुरु भयो नयाँ बिद्द्यार्थी आउन थाले । नेत्र लाई फेरी भ्याइ न भ्याई थियो नयाँ हरुलाई स्वागत गर्न भनेर सँगठन ले बिभिन्न कार्यक्रम राख्थ्यो सबै कार्याक्रम मा उ सकृय रहन्थ्यो ।
नयाँ आउने हरुका बिच कविता प्रतियोगिता भएको थियो ।जहाँ पहिलो देखी तेश्रो हुने सम्म लाई बिद्द्यार्थी हरुको बनभोज मा सित्तैमा सहभागी हुने मौका थियो ।बनभोज नगरकोट जाने कुरो भयो ।सनिबार को दिन नगरकोट को यात्रा तय भयो बनभोज मनाउन । अलिक चल्ता फिर्ता नेत्र को सबै कामहरुमा ब्यबस्थापकिय सहभागीता हुन्थ्यो । सहभागी बिच परिचयात्मक कार्यक्रम चलिरहेको थियो तेसै बिच उसको नजर एक अन्जान चेहेरा मा जुध्न पुग्छ ।भ्यु टावर जाने मौका छोपी परिचय गर्यो संगीता ,अर्घाखाँची ।नेत्र झस्कियो आफ्नै जिल्लाको । । । केहि समय त्यहाँ का सुन्दर आकृती हरुका तस्बिर लिने क्रम चल्यो नेत्र ले पनि सहभागी सबै सँग तस्बिर खिचायो ।
अर्को दिन बाट उहि दैनिकी बि बि एस दोस्रो बर्ष मा पढ्ने नेत्र केहि गम्भिर हुँदै पढाई मा पनि ध्यान दिन थाल्यो ।कलेज को दैनिक राजनैतिक काम बहेक उ रातिमा अनि छुट्टै अतिरिक्त कोचिङ पढ्न थाल्यो ।
नेत्र संगीता प्रती
दिन प्रतिदिन आकर्सित हुँदै गयो ।पढाईमा अब्बल ,साहित्य मा दख्खल राक्ने सुन्दर चन्चले स्वभाब एक प्रकारले क्यम्पसमै उ सबै भन्दा राम्री थिई । साहित्य मा दख्खल भएको कारण नै उ बन्भोज मा निसुल्क गएकी थिई जहाँ उ दोस्रो भएकी थिइ कबिता प्रतियोगिता मा ।नेत्र संगीता प्रती एकोहोरो माया मा फसिसकेको थियो ।रात दिन उस्कै याद मा उ डुब्न थाल्यो ।उ सँग एक ठाउँ मा भएको फोटो हेर्दै कल्पनामा हराउँथ्यो ।हिम्मत गरेर आफ्नो माया उस्लाई सबै सुनाउँ भएको थियो नेत्र लाई तर थामियो किनकी उ एक जिम्बेवार बिद्द्याथी नेता भैइ सकेको थियो जुन सँगठन मा केटी प्रती को लागाब लाई साँस्कृतिक बिचलन को लेप लगाइन्थ्यो । मनका सबै चाहाना हरु दबाउनु पर्थ्यो उ पनि तेसै गर्यो ।तर समय को प्रबाहा सँग कस्को के लाग्छ र आखिर संगीता लाई उस्ले कसै गरी आफ्नो माया को भेल पोखेरै छोड्यो । उस्ले पनि माया स्विकार गरी
बिस्ततारै
उनिहरुको माया झाँगिदै गयो । दुबै को घर मा समेत हल्ला भयो नेत्र को सँगठन मा समेत हल्ला भयो नेत्र ले स्पस्टिकरण दिनु पर्यो । तर माया को अगाडी कसैको केहि लागेन । उनिहरु यती सम्म
गहिरो माया मा परेकी एक पल पनि अलग हुन नसक्ने भए ।बुद्ध नगर बस्ने संगीत ता लाई भेट्न
नेत्र बबरमहल बाट हरेक बिहान सांझ जान्थ्यो । उता काठमाडौं बस्ने संगीता को दिदी ले
समेत उनिहरुको सम्बन्ध को बारेमा थाहा पाउनु भयो बिस्ततारै दुबैलाई दबाब पर्दै थियो
सम्बन्ध लाई दरिलो बनाउन समेत ।
पढाई मा कम राजनिती मा बढी ध्यान दिने नेत्र अब पढाई मा ध्यान दिन थालेको थियो सँगइ राजनिती पनि । बि बि एस तेस्रो बर्स पढ्दै गर्दा क्याम्पस मा स्वबियु को चुनाब को चहल पहल सुरु भयो ।नेत्र चुनाब मा उठेर केहि गर्न चाहान्थ्यो र लाज्ञो सबै बिद्द्यार्थी को मन जित्न अनि मत बटुल्न तर्फ ।उस्को ध्यान मात्र आफु राम्रो बनेर जसरि पनि चुनाब मा जितेर केहि गर्ने मै थियो जुन स्वभाबिक नै थियो किनकी उस्को पकड राम्रै थियो ।
बिपक्ष्री हरु समेत उस्लाई सहयोग गर्न तयार थिए । चुनाब को बेला आयो सँगठन बाट प्रतीनिधी को छनोट गर्नु पर्ने भयो । सँगठन को केन्द्र बाट उमेद्वार हरुको नाम को सुची आयो जुन क्याम्पस कमिटी बैठक मा पेस गरेर पास गराउनु पर्धथ्यो ।बैठक मा केहि बेर हङामा भयो किनकी त्याहाँ नेत्र को नाम थिएन । कमिटी का प्राय सबै सदस्य नेत्र को पक्ष्य मा हुँदा पनि केन्द्र बाट आएका नेता ले नेत्र लाई प्रती निधी अस्विकार गर्न बाध्य बनाए । तीन बर्ष रात दिन भोक प्यास पढाई सबै त्यागेर सँगठन को काम मा लागेको नेत्र एका एक छाँगा बाट खसे जस्तै भयो ।
चुनाब मा नउठे पनि नेत्र ले सबै लाई उत्तिकै सहयोग गर्यो ।चुनाब मा नेत्र को सँगठन ले केहि सदस्य बाहेक हार ब्योहोर्यो । पछी आन्तरिक समिक्षा बैठक मा हार को दोस नेत्र लाई लगाइयो असहयोग गरेको आदी इत्यादी भनेर । बिष्तारै उस्लाई राजनिती प्रती बितिस्णा हुँदै गयो ।तेसै बिच बि बि एस तेस्रो बर्ष को परिक्षा आयो उस्ले राम्रो सनग सबै परिक्षा दियो समग्र मा उस्को नतिजा राम्रै आयो ।
सँगठन ले उस्लाई केहि जिम्बेबारी दिने बतायो तर उस्ले आफ्नै कारण र संगीत ता को कारण फेरी राजनिती गर्ने सोच त्याग गर्यो ।स्नातक को पढाई सकेर बसेको नेत्र बिभिन्न अबसरको खोजिमा भौतारी रहयो हातमा सैक्षिक प्रमाणपत्र को कागज देखाउदै सयौँ कार्यालय धायो । कतै केहि उपाय लागेन कसैले उस्लाई जागिर दिएन ।मास्टर पढ्न उसँग आर्थीक अभाब थियो । नेपाल प्रहरी को लागी पनि उ भर्ना हुन लाईन लायो तर अन्तिम अन्तरबार्ता मा उस्लाई असफल पारियो ।उस्ले थाहा पायो त्यहाँ पनि बिना घुस जागिर खान नपाउने रहेछ ।लोकसेवा मा जाने पनि नसोचेको हैन पहाडिया बाहुन को छोरो नेत्र ले त्यहाँ पनि प्रतिसप्राधा मा आरक्षित सिट पाउने हरु सङ असफल भयो । निरास हुँदै अन्तत
गाउँ गयो ।
गाउँका
आफै सँग का साथी हरु कोही पनि नेपाल मा थिएनन सबै पढ्न वा कमाउन भनि बिदेश गएका थिए ।खिम जापान , नरायण बेलायत्,रेशम र बिनोद अस्ट्रेलिया ,अशोक जर्मनि,सुकदेब दुबाई,चन्द्र मलेसिया गएका रहेछन घर परिवार तथा समाज सँग उस्लाई लज्जा बोध भयो मानसिक दबाब महसुस गर्यो ।स्वदेश मै केहि गर्नु पर्छ भन्ने नेत्र एकाएक मन बदलेर बिदेश जाने सोच बनायो ।उता संगीता पढाई मा राम्रो गर्दै एक निजी बैन्क मा जागिर खान थाली ।
बिदेश जाने निधो गर्दै उ संगीता लाई भन्न गयो उस्ले रोइ कराइ गर्दा पनि जसरि भए पनि २-४ बर्ष लाई कमाउन जान्छु भनेर संगीता लाई सम्झायो ।संगीता ले हर प्रायस गर्दा पनि नेत्र अन्तत बिदेश जानी पक्का भयो सुन्दर सपना बोकेर । उज्जवल भबिस्य को खोजिमा बिरानो मुलुक गएको आज १६ महिना भएछ खै के पो गर्दै होला नेत्र यती बेला । संगीता उसैको बाटो कुर्दै होली कि बिहे गरी होली ? सपनाको खोजिमा हिडेको नेत्र हरुको सपना खै कहिले पो पुरा होला ~~~~~~~~~~~~
उचित सुझाब को अपेक्षा गरेको छु यो मेरो जिबन कै पहिलो लेखाई हो लेख्दा असुद्दी हरु भएको हुन सक्छ युनिकोड को कारण र केहि मेरै अज्ञानता कै कारण
कथा सरल, सीधा छ, मन पर्यो मलाई। :) अब अशुद्धा-अशुद्धी त अलिअलि भैहाल्छन। अर्कोपटक लेख्दा यहाँ गएर हेर्नुस, धेरै सहयोग गर्छ व्याकरण सुधार्न: http://www.nepalilanguage.org/spellcheck/
ReplyDeletethanks for support
Deleteसरल र स्वतस्फुर्त शैलीमा लेख्नुभएको रहेछ । कथा मन पर्यो मलाई पनि । लेखनलाई निरन्तरता दिनुहोला । शुभकामना ।
ReplyDeletethank you sir
ReplyDeleteपन्थी जी प्रयास एकदमै राम्रो छ। कथा सरल छ। नेपालको कथा छ। नेपालीको कथा छ। मान्छे को कथा छ बुझिने खालको, सरल। लेख्दै जानुहोला निरन्तर। सुभकामना।
ReplyDeleteWell Khim ji tapaai ko jeeban ka bastabik ghatana haru bata prerit rahe6an.....Any ramro lagyo...All the best!
ReplyDeletethanks ajit ji
ReplyDeleteसरल प्रस्तुती ! गज्जब प्रयास !! अझ थप पोष्टहरुको अपेक्षा !!!
ReplyDeletemama ji tapaai ko jeeban ka bastabik ghatana haru bata prerit rahe6an.....Any ramro lagyo...All the best!good 6
ReplyDeleteधन्यबाद अनिस दाजु कोसिस गर्ने छु
ReplyDelete