तिम्रो मनको फूलबारीमा बन्न खोज्दा माली प्रिया !
माया तेती पचेन क्यार टाढियौ दिई गाली प्रिया !!
संगै जिउने संगै मर्ने बाचा कसम खाको त्यो दिन !
एक अन्जुली मायाको सौगात हिड्यौ तेसै फाली प्रिया !!
छायाँ को आंचल मा बास बसी तिम्रो दिल मा छाउँछु भन्दा !
तिम्रो घमन्ड को उचाइमा पाउन सकिन शीतल पाली प्रिया !!
अन्धकार बस्तिमा चिच्याई रहेको अबोध बालकको चित्कार जस्तै !
तिम्रो मायाको भिख माग्दा पाएँ केवल फोहोरको नाली प्रिया !
तिम्रो मनको फूलबारीमा बन्न खोज्दा माली प्रिया !
तिम्रो घमन्ड को उचाइमा पाउन सकिन शीतल पाली प्रिया !
तिम्रो मायाको भिख माग्दा पाएँ केवल फोहोरको नाली प्रिया !!!!!!
No comments:
Post a Comment