Saturday, November 29, 2014

प्रबासमा काफलनेटी गाऊं को चासो

सधै जसो बिहान आठ बजे सम्म सुतिरहेको थिएँ | आफैले सेट गरेको अलार्म बज्नु भन्दा छिटो जागेछु | दस बजे काम मा जानु पर्ने आठै बजे उठेर के गर्नु यसै पनि चिसो बढ्दै गरेको बेला अल्छी मान्दै सुतिरहेको थिएँ | फेसबुक को म्यासेन्जर मा पिलीक्क नोटिफिकेसन देखियो |
गाउँले दाई रहेछन | एकै छिन मा कल गरि हाले  उठाएँ | बिहानै हत्तनपत्त कसैको फोन उठाउने तर गाउँले दाइ ले इन्डिया बाट कल गरेको हुनाले उठाइहालें | भेट घाट नभाको कम्तिमा पांच बर्ष भएको थियो सायद उनि संग | तेस्तै छ सात कक्षा मा पढ्थें होला मैले तेसै बेला देखि उनि एस एल सी दिएर भागेर इंडिया पसेका | छिमेकी दाइ तेस्माथी इंडिया बसेर पनि धेरै राम्रो प्रगति गरेका सबैले प्रसंसा गर्थे उनको | सोचें दुइ घण्टा गफै गरेर बिताउंछू |

       भर्खरै दशैं र तिहार मनाएर अर्घाखाँची बाट इन्डिया आएका रहेछन दाइ | सन्चो बिसन्चोको औपचारिकता पछी मलाइ आफु जन्मेको ठाउँको बारेमा जान्न मन लायो | लामो समय भएको थियो खासै जानकारी नभएको जन्म ठाउँको | बसाई सरेर कपिलबस्तु झरेको करिब ६ बर्ष भयो तर मलाइ कपिलबस्तु कैले आफ्नो लागेन | अझ भनौं कपिलबस्तु मा घुलमिल हुनै सकिन | एस एल सी पास गरेपछि काठमान्डू पसियो तेसैले कि काठमान्डू ले मन जित्यो कित अर्घाखाँची ले |  अझ खास मा काफल्नेटी  ले | दिनहुँ जसो सुन्दै र पढ्दै आएको देशको बिरक्त लाग्दो अबस्था ले वाक्क बनाइ रहेको बेला के साँची गाउँ हरु सुने, पढे जस्तै होलान त मलाइ जान्नु थियो | तेसैले जिबन दाइ संग मलाइ गफिन मन लायो| मिजाशिला जिबन दाइ ले एक एक गरेर सप्पै कुरा बताउन थाले गाउँ घरको केहि दुखद र केहि राम्रा कुरा हरु |


     पहिले बिकास को चेतना नै नभएको गाउँ सांचिकै अहिले केहि फेरिएको छ रे | मैले जान्ने भए देखि अहिले सम्म पानीको अभाब छ काफलनेटि मा बर्षामास केहि राहत हुन्थ्यो गाउँमै पानीका मूल हरु फुटेर |जब हिउँद लाग्थ्यो तब एक घण्टा तल गएर  पानि बोकेर ल्याउनु पर्थ्यो | बिजुली त एकादेशको कथा थियो हाम्लाई | अहिले भने प्युठान झिमरुक जलबिद्धुत बाट बिजुली बत्ति बाल्न पाएछन | खुसीको सिमा नै रहेन मेरो त्यो सुनेर | हुनत हप्तामा ७२ घण्टा अन्धकार मा बस्ने देशमा बिजुली बत्ति आएर के पो हुन्थ्यो र तै पनि साना साना कुराले खुसि दिने हामि नेपाली लाइ | 
   
  तेही बिजुली को सहायता ले तल खोलाको पानी मोटार लगाएर माथि डाडोमा तानेर वितरण गर्ने भनेर सबै गाबिस लाग्या छ रे अहिले धमाधम काम हुँदै छ रे | यो सुनेर पुलकित भएं | गाउँ गाउँ मा पाइप लाइन बिछ्याउने काम भै राख्या छ रे सुन्दै कस्तो कस्तो लाग्ने | खुसि को सिमा नै रहेन |
उबेला बिहान लगाएर दुइ गाग्री पानी बोकेसी स्कुल जाने बेला हुन्थ्यो | अब त घर घर पानीका धारा हुने भए कम्तिमा स्कुल पढ्ने केटाकेटी ले पानी बोक्ने समय पढ्न पाउने छन् यो सोचे पछी आँखाका कचेरा पुछ्दै फुरुङ्ग भएँ |

      बिकाश र चेतना एकै पल्ट छिर्दै रहेछ गाउँमा उनले भने अनुसार | साँची अहिले पहाड फेरिंदै छ अरे |  यस्ता कुरा सुन्दा युरोप मै बसे पनि एक पल्ट पहाडको दुख, अशिक्षा को याद ले पेरिस को आइफल टावर लाइ जित्यो | पहाड का निम्ति बनाएको भारतीय कम्पनि महिन्द्रा जिप पनि गुड्न मुस्किल हुने नाम मात्रको मोटर बाटो दोहोरो भएको छ रे | सुन्दै अचम्म लायो | नलागोस पनि कसरी  ?  बाटो भत्किंदा महिना दिन सम्म पनि बनाउने मेसो हुँदैनथ्यो | मध्ये पहाडी राजमार्ग अन्तर्गत ढोरपाटन – सुर्खेत जोड्ने बाटोको मध्यभाग तेही पर्ने रहेछ | पहाडी राजमार्ग ले गर्दा गाउँको छेउ बाटै ठुलो बाटो मा गाडी हिन्न पाउने भएछन | कम्तिमा दोहोरो चलन सक्ने भएछन खुसि लाग्यो सुन्दा | तर सम्झन्छु यदि त्यो बाटोमा गाडी दुर्घटना भयो भने कम्तिमा बिस जना भन्दा कमि कहिले मरेका छैनन | जति ठुलो बाटो भए पनि के काम गाडीको छत भरि मान्छे खाँदेर दुर्घटना त भै हाल्छ | दाइ लाइ प्रश्न गरें |
होइन अब तेस्तो हुन्न होला | किनकि अब बाट जिल्ला मा चल्ने सबै यात्रुबाहाक सबारी साधन मा छत मा यात्रु बोक्न  निषेध गरिएको छ, ठाउँ ठाउँ मा चेकिंग हुन्छ | यसले गर्दा दुर्घटनामा धेरै कमि आउँछ दाइले गज्जब को खबर सुनाए | जिल्लामा नयां  डी एस पी आए देखि प्रहरी अनुगमन धेरै बढेको छ रे | १४ जना अट्ने जिप मा गुन्द्रुक जस्तै खाँदेर छत् र भित्र बस्ने सबैलाई एकै भाडा लिने गाडी मालिक हरुले गुनासो गर्दै थिए रे नाफा नहुने भो भनेर | भित्र, छत कतै बस्ने ठाउँ नापाएसी छेउमा डन्डी समाएर कति पल्ट त म आफैले सदरमुकाम बाट घर सम्म को यात्रा गरेको छु | तर भाडा सधै भित्र बस्ने ले जती बराबर तिर्नु पर्ने | भन्ने हो भने गाउँमा चल्ने जिप हरुको दादागिरी नै छ जिल्लामा |


   कुनै जमाना थियो गाउँ भरिका केटा हरु जम्मा भएर भलिबल खेल्थे | आफ्नो पालो पाऊँन झगडा नै गर्नु पर्थ्यो खेल्ने धेरै हुने भएर | तर अहिले त क्यारम बोड खेल्ने जोडी पनि मिल्दैनन् रे | दाइ ले गाउँको तितो सुनाए | पहिले पहिले ओल्लो घर पल्लो घर अल्लारे हरुको जमघट , रमाइलो बसाइ , मेलापात , अर्मपर्म हुने गाउँमा अहिले १६-१७ बर्ष माथिका युवक भेट्न मुस्किल छ रे | बच्चा बच्ची र प्रौढ मात्र गाउँ मा छन् दाइ ले यस्तै सुनाए | न त भलिबल नत् जमघट नत रमाइलो नाचगान नै हुन्छन अचेल | एक प्रकार ले गाउँ आफैमा कतै हराई रहे जस्तो छ रे | अझ भन्ने हो भने त कोहि कसैको मृत्यु मा मलामी जाने मान्छे पाउन नै मुस्किल भाछ अरे | गाउँमा कोहि युबा विदेश बाट आयो भने बुढा बुढी हरुका निराशाले भरिएका निधारका चाहुरिएका धर्सा हरु पनि  खुल्न थाल्छन अरे | एक प्रकार को खुसि मिलेको आभास हुन्छ रे |

   गाई गोरु , भेंडा बाख्रा चराउन बन जंगल जाने चलन त एकादेशको कथा नै भएको छ रे| किनं ? मैले सोधें | कसैले हल गोरु पालेका छैनन् किन जानु पर्यो बन जंगल | दाइ ले रुखो स्वरमा सुनाए | खासै राम्रो खेति पाति नहुने ओसिलो ठाउँमा केहि परिवार ले अलैची खेति गरेका छन्  अरे | परम्परागत खेति प्रणाली बाट माथि उठेर केहि नगदे बालि तिर आकर्षित हुँदै छन् रे |

 २०६० सालमा एस एल सी दिन सदरमुकाम सन्धिखर्क झरेको मलाई आफैले पढेको माध्यमिक बिध्यालय अहिले उच्च मा बि भएको सुन्दा खुसिले सिमा नाघ्यो | घर छेउको आफुले ५ सम्म पढेको बिध्यालय मा बि भएछ झनै हर्षित भो मन |
 पहिले धेरै घर परिवार हुन्थे गाउँमा | बनपात जान्थे | जंगल का सुकेका काठ दाउरा घर ल्याउँथे बन जंगल सफा गर्ने चलन थियो बर्षको एक पटक | अहिले त बन जंगल जानै डर लाग्ने भएको छ रे | युवाहरु गाउँमै छैनन् को जाओस बन जंगल दाइले निराशा पोखे | 
      पहिले गाउँको पर पर सम्म पनि देख्न मुस्किल हुने बाँदर ले अहिले हप्ता दिन सम्म गाउँमा डेरा जमाएर बालि नस्ट गरेर तथा घरमा पसेर दुख दिन थालेको छ रे | यी र यस्तै गफ भए जिबन दाइ संग | रमाइला जिबन दाइ संग अझै बोल्ने मन थियो तर गाउँ सुन्य पारेर हिनेको म काम मा समय भन्दा ढिलो जान पाउने कुरै भएन | तेसैले हतार हातर फोन काटें र मन भरी गाउँको सम्झना बोकेर दौडिएँ रेल भेट्टाउँन |

 यो लेखेर ब्लग मा पोस्ट नगर्दै कुल पूजा अर्थात देवाली गरेको फोटो हरु फेसबुक मा देखें केही सिमित बुडा भएका बुबा हरु र दाजू हरु रहेछन गाऊं मा फोटो माँ हेर्दा तेस्तै देखें | युबा हरु हुंदा रातभर जाग्राम बसेर झांकी निकालिन्थ्यो रमाइलो हुन्थ्यो धामी निस्किंथे नया | ती सब अब सम्झना मा मात्र सिमित रहने होलान सायद | 
अस्तु 

 #लक्जेम्बर्ग 
 
  
 
  



 
  

     

Wednesday, September 3, 2014

केहि हाईकु लेख्ने कोसिस गरेको


सोचाइ मात्र 
तिमि संगका दिन 
कस्ता होलान

लत बस तिमि 
म हिने दरखान
फेरी आउंछु

लु लु भो अब 
धेरै बाहना तिम्रा 
मनमा गड्यो

तिमीसं बोल्न
धेरै रहर मेरो 
यतिकै टाल्यौ

कुन्नि कसलाई 
भनेको तिम्ले यस्तो 
मत एक्लो छु

क्या मिठो बोली
मोहनी लगायौ नि
 मर्छुकी क्याहो


तिमि अम्रिका 
म छु युरोप मा 
कसरि भेटौं ?

आफुले आफै 
राम्री भनेर यहाँ 
म हाँसेको छु



Friday, March 14, 2014

गजल

गजल


रेट्दा रेट्दै चुंडी सक्यो तार जिन्दगीको ||
नपीउँदा कहाँ छर सार जिन्दगीको ||

नशा संग मस्त हुँदै जिन्दगीमा हराउँदा ||
धेरै पटक टारेको छु हार जिन्दगीको ||

मस्त हुँदा सराबिमा उनको यादले पोल्छ ||
सहेको छु धेरै धेरै प्रहार जिन्दगीको ||