Wednesday, September 13, 2017

नेपाल –लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाले चौथो वार्षिकोत्सव मनायो

नेपाल –लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाले आफ्नो  चौथो वार्षिकोत्सव मनाएको छ । 
बेल्जीयम , नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदुत लोक बहादुर थापाको प्रमुक आतिथ्यमा  संस्थाले चोथौ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरेका थिए । लोक दोहरी प्रतिष्ठान युरोप महाशाखा अध्यक्ष सुमी घिमिरे  सापकोटाले सहभागिहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरज्जन प्रदान गरेकि  थिइन । कार्यक्रम मा एन आर एन लक्जेम्बर्गका अध्यक्ष नारायण गुरुङ ,आइ सी सी सदस्य हरि बहादुर खत्री लगायत एन आर एन लक्जेम्बर्गकि महिला उपाध्यक्ष शान्ति सापकोटा ले कार्यक्रम सफलता को शुभकामना ब्याक्त गर्नु भएको थियो भने उपस्थित जना समुदायलाई खिमलाल पन्थी ले स्वागत मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो ।

४३  सदस्यीय लोक कल्याणकारी संस्थाले हरेक महिना प्रति ब्याक्ति १० युरो संकलन गरि नेपालमा राहत कार्यमा सहयोग गरि रहेको संस्थाका अध्यक्ष रमाकान्त सापकोटा ले  जानकारी गराउनु भएको थियो । 
संस्थाले गुल्मि , बागलुङ नवलपरासी र चितवनका अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेको संस्थाका सचिव राजन सापकोटाले जानकारी  गराए ।
 श्रावण २७ मा आएको वर्षाका कारण पिडित भएकाहरुका लागि दुई लाख सहयोग उपलब्ध गराएको संस्थाले जनाएको छ । 
। परोपकारी कार्यका लागि स्थापित संस्थाले नेपालमा राहत कार्यमा सहयोग पु–याउदै आएको छ । कार्यक्रममा बोल्दै राजदुत थापाले प्रबासमा बसेर पनि देश प्रतिको कर्तब्य पुरा गर्न लागि परेको मा संस्थालाई धन्यबाद दिनु भएको थियो । कार्यक्रम बिजय कंडेल र राजन सापकोटाले संचालन गर्नु भएको थियो ।