Sunday, March 22, 2020

सेल्फ क्वारेन्टाईन को ८औं दिन आज ।

सेल्फ क्वारेन्टाईन को ८औं दिन आज ।

बिहान अबेर उठ्यो ,अल्छी मान्दै  बिस्तारा छोड्यो । ट्वाईलेटमा मोबाइल संगै करिब ४५ मिनेट बितायो । लिभिङ् रुम आयो टिभि खोल्यो , दाहिने हातमा रिमोट देब्रे हातमा मोबाईल त छंदै छ । फेसबुकको खाता खोले  देखी म्यासेन्जरमा आएका म्यासेज र मिसकल लाई सम्झी सम्झी रिप्लाई गर्यो । यार बिदेशी लाईफ यस्तै त होनी भन्यो । ब्यास्त भएको बाहाना बनायो । आफ्नै काम(व्यावसाय)को सुर्ता त छंदै छ ।

अहिले फ्रि भएको भएर  कल त गरें नि भन्यो । सम्बन्ध वास्तबमै पुनर्ताजगी हुने रान । Netflix का लगभग नयां र साथी हरुले सजेस्ट गरेका सिरिज  ,फिल्म सकाईयो । बिच बिचमा छोरो संग खेल्यो । थाकेर सुत्छ अनि फेरी फिल्म हेर्यो । यहि बिचमा करिब पांच पुस्तक सकाईयो । कुमार नगरकोटी को मिस्टिका, रबि अर्यालको थेम्स डायरी ,नयनराज पाण्डेका दुई उलार र लु , पदम गौतमको कविता संग्रह एकलासको फूल ।

उलार सबै भन्दा  उम्दा लायो । छोटो तर पस्चिम तराईको त्यो पनि वादी समुदाय र तेस वरपर चलन रहेको टांगा व्यापार सम्बन्धी मिहिन कुरा । वास्तबमै एक पल्ट हराउँछ मान्छे यो पढ्दा । “साला नाम मा के छ र “????? यो वाक्यांस उलार बाटै आएको रहेछ ।
 बाहिर चिसो हुंदा मनको कुनामा पनि चिसो पस्ने रहेछ यो बेला किनकी कोरोना चिसोमा ज्या फैलिने भन्ने रहेछ । आज बिहानै देखी घाम लागेको रहेछ मन तेसै फुरुङ्ग भाछ । कम्तिमा गर्मि बढ्यो भने यो त्रासदी कम त होला !

यो बेला लगभग संसारै भरी छरिएर रहेका साथीभाई हरु संग गफगाफ गर्ने मौका पनि मिल्यो । धेरैको एउटै मनसाय चैं के रहयो भने “पैसा त बाँचियो भने कमाई हालिन्छ पैले ज्यान जोगाउँ “

यो बेला सांच्चै आफैलाई अन्तरमन देखी सोधेर उत्तर दिन खोज्नुस त मनले के भन्छ ??
लोभ ,डाहा, रिस -राग , वैमनस्यता, घिणा के वस्तबमै हामिलाई आवस्यक छ त ? के हामिले हाम्रा बानी ब्योहोरा हरु सुधार्न पर्दैन होला त अझैपनि?
कैले यस्तै तर्कना मनमा खेलायो कैले पुरै आशान्वित भएर बस्यो । कैले भविष्यको चिन्ता कहिले दैनिकी गुजाराको सुर्ता यस्तै यस्तै सोंच्दै लागें म पनि अर्को सिरिज हेर्न तिर । “DIRTY MONEY “ on Netflix  .

जो जहां जसरी हुनुहुन्छ सुरक्षित र स्वस्थ रहनुस । आउँदा जांदा लाउँला पिरती ।
#CoRona_Diary #Luxembourg