Thursday, December 26, 2013

बाबुराम लाई खुल्ला पत्र


आदरणिय क. बाबुराम नमस्कार
कुशल रही सोही कामना गर्दछु ।
 तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्ने आँट आउँदा आफैले आफैलाई प्रश्न गरेको थिएं । के म यो पत्र लेख्न लायक छु ? मनले जबाफ दियो पक्कै पनि ।फेरी तपाईंलाई नै सम्बोधन गरेर किन यो पत्र लेख्ने ? प्रश्न उब्जियो । जबाफ आत्माले दियो । किन नगर्ने पूर्व जनसर्कार प्रमुख लाई ,किन नगर्ने पूर्व अर्थ मन्त्री लाई ,किन नसोध्ने पूर्व प्रधान मन्त्री लाई ?
पत्र पढ्दै गर्दा तपाइंको मनमा आउला कुनै एलिट समुह वा कुलिन घराना वा यस्तै सुकिला मुकिला को प्रती निधित्व गर्ने ले लेख्ने आँट गर्‍यो । तपाईं हरुले सोच्ने तेत्ती नै हो आजकाल ।
ठ्याक्कै अहिले चे ग्वेभारा को एउटा भनाई याद आयो "क्रन्तिकारी राजनेता ले साधुको जीवन बिताउनु पर्छ । आडम्बर रहित  बाँच ।" मलाई लाज लायो चे का तिनै अनुयाई हरु को आजकाल को जिबन शैली देखेर । के माओबादी आडम्ब र रहित छ ? अहँ ।कहिले तेस्तो देखिएन । हिजो २०६३ मा खैरो कमिज मा बालुवाटार देखिएका प्रचन्ड - बाबुराम हरु आज फेरी तेही कमिज मा रमाउन सक्छन ?
उच्च बर्गको नेतृत्व गर्ने भयो अब माओबादी । थबाङ भुल्यो । हजारौँको बलिदानी भुल्यो ।बेपत्ता भुल्यो । हिजो मकै भुटेर जङगल मा लगेर दिने आम जनतालाई भुल्यो । युद्दमा हिन्दा बास  बसेको झुपडी लाई बिर्सियो ।आज आलिशान महला मा बस्ने भयो करोडौँ  को गाडी  मा यात्रा गर्छ । कुरी कुरी तिम्रो सर्बहाराकारण । पहिलो सम्बिधान सभामा जनताको अपार बिश्वास लाई तिलान्जलि दिनु भो ।
जनमत को कदर गर्नु को साटो जितको उन्माद लिएर जिम्बेबारी बोध नगरि आत्म रतिमा रमाउनु भो । पहिलो गणतान्त्रीक सरकार ले सिन्को सम्म भाँचेन ।हजुर को अर्थमन्त्रालय ले बाहेक ।राजस्व बृद्धी मा पाएको सफलता लाई आम नागरिक ले सलाम गरे कै हुन । तर तेहिँ निर युबा स्वरोजगार भनेर चैते माओबादिले मोटरसाइकल किन्ने स्रोत बाहेक अन्य उप्लब्धी सुन्य नै रहयो । तेती बेला महङ्गी ले नागरिकलाई त्राहिमाम पार्यो ।
जग्गा दलाल ले उब्जनी योग्य जमिन प्लटिङ गरे ।चैते माओबादी ले दलाली गरे , घर बनाए घडेरी जोडे । बस जनयुद्ध को अर्को छलाङ देखा पर्‍यो ।

अनाबस्यक रुपमा सेनापती लाई बिबाद मा ल्याएर आफ्नै साख गुमाउनु भो । जनसरोकार नै नभएको पशुपतिको पुजारी काण्ड ले अझै कुरी कुरी गरिरहन्छ तपाइँहरुलाई । कुनै तागत ले नसकेपछी सत्ता छोड्न बाध्य हुनु पर्‍यो । 

 पुन अर्को पटक कार्यकर्ता लाई भ्रम छरेर रास्ट्रीयता को राग अलाप्दै सडक मा उतार्नु भो । परिणाम सबैले देखे भोगे देश झन्नै दुर्घट्ना मा फस्यो ।  पछी सात्तामा जान अनेक हत्कण्डा  अपनाएर सफल हुनु भो ।सबैको आशाको केन्द्र बनेको बाबुराम प्रधान मन्त्री हुँदा सबै तिर खुशीयाली छायो । तर परिणाम मुस्ताङ म्याक्स , सेना समायोजन र काठमाडौं को सडक बढाउने बाहेक केहि देखिएन । हो सेना समायोजन गर्न तपाईँको भूमिका लाई सबैले सम्मान गरेकै छन । तर ठीक अर्को पाटो इतिहास मै बिबाद रहेको बिप्पा सम्झौता गरेर तपाईँ लाई लाग्दै आएको भारत प्रस्त को आरोप लाई बल पुग्ने गरी काम गर्नु भो । सबै भन्दा भ्रस्ट मन्त्री मन्डल देखियो ।अजकाल सामजिक सन्जाल मा तपाईँका कुराहरु दैनिक जसो आईरहेका छन ।आफ्नो नलायकी पन लाई छोप्न जतिसुकै भ्रम छर्न खोजे पनि  अब सबैले बुझे तपाईँहरुको नलायकी ।सम्बिधान सभालाई जिबित राख्न सक्ने अवस्था हुँदा हुँदै भङग गर्नु भो ।आफैले स्विकार गर्नु भो गल्ती भो । एक होइन ,दुई होईन , तीन  होईन कयौँ पटक चुक्नु भो ।कयौँ गल्ती गर्नु भो । आफ्नै हातमा डाडु पन्यु थियो आफै भान्से हुनु हुन्थ्यो ।चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो । तर गर्नु भएन । गर्नु भो त केबल आफ्ना आसे पासे लाई मात्र । पर कुनामा बसेर भान्से ले खाना दिएला र भोको पेट भरम्ला भनेर रित्तो थाल थापेर बस्ने हरु भोकै रहे उनिहरुको पालो न आउँदै पहिले नै टाठा बाठाले खाना रित्याए । जो बाठा थिए तिनैले मात्र सत्ताको स्वाद पाए । स्वाद मात्र होईन भाबी सन्ततिलाई पुग्ने गरी बँचाएर राखे अनि तपाइँ हरुलाई लात हाने र  सँगै भोकै बस्ने हरुले देखाई दिए अहिले  चुनाब मा । तपाईं सत्तामा हुँदा कसले रोकेको थियो जनपक्षिय काम गर्न ? कसले भन्यो सम्बिधान सभा भङग गर्न ?  आफ्नो असक्ष्मता  लाई लुकाउन अहिले किन अनेको बाहाना बनाउनु हुन्छ ? चुनाब मा पार्टी ले यतिकै हारेको होईन याबत कुराहरुले भूमिका खेलेका हुन ।
धाँदली कतै भएको होइन ।पार्टी हारका पछाडी तपाईँ हरु कथित मुख्यालय का टाउके नै जिम्बेबार हुनु हुन्छ । अहिले लाज पचाउन नसकेर निकालेको बखेडा ले झन साख गिराउँछ बन्द गर्नुस नखरा ।  युबा जो उज्जल भबिस्य को आशामा भाबी नेपालको कार्यभार सम्हाल्ने जिम्मा तपाईँहरुलाई दिन रगत बगाए ।कती बेपत्ता भए ।कयौँ घाइते छन जस्ले उपचार अभाबमा कस्टकर जीवन यापन गर्दै छन ।ति सबैको मुल्य कहिले चुकाउनु हुन्छ ? तिनै युबा जस्ले युद्दमा छतिमा गोली थापे ति युवा कतार को मरुभुमिमा रगत र पसिना सङ्ग भोको पेट साट्दै छन । जो सोझा साझा थिए ति सप्पै पलायन हुन बाध्य पार्नु भो ।जो बाठा थिए ति सप्पै ले सताको स्वाद चाखे तपाईँ हरुको चाप्लुसी गरे शहरमा घर घडेरी जोडे ।तपाईँहरु तिनैको जय जय कार मा रमाउनु भो ।
 अर्को तेस्तै बाठो युबा जस्ले लामो समय हजुरको सहयोगी बनेर काम गर्‍यो उस्को आर्थीक अवस्था देख्दा कुनै राणा साएब को भन्दा कम्ता देखिन्न ।हुनत हजुरको पुत्र बराबर को मान्छे तेत्ती पनि नहोस । सर्बहाराको पुत्र ले बिहे गर्‍यो राजसि शैलिमा ।बाबुराम को पुत्रले ५००किलो मासुको भतेर लाउँदा सारा अबध ले कुरी कुरी गर्‍यो । एक चिम्टी सिन्दुर ले आफ्नो बिहे सम्पन्न गरेको बाबुराम आफ्नो राजकुमार लाई आशिस दिन दलबल सहित अबध गयो ।
 ति सबै देखेका जनताले देखाइदिए चुनाब मा राजकुमार का बा लाई तेस्रो स्थान दिएर ।
अब फेरी सोध्न मन लायो कुन मुखले सर्बहाराको नेतृत्व गर्ने हैसियत राख्नु हुन्छ ? कुन मुखले साँस्कृतिक क्रान्तिको अलाप जप्नु हुन्छ ? अहिले तपाईँले चलाउन खोजेको नयाँ लोकतन्त्रको बहसले मेरा यि प्रश्न हरुको जबाफ दिने हैसियत राख्छ ? मलाई थाहा छ तपाइँ मेरो यो पत्रको जबाफ दिन उचित ठान्नु हुने छैन । तर याद राख्नुस यही युबा कुनै बेला भट्टराई ले आन्तरिक पार्टिमा लोकतन्त्रको आबाज उठाउँदा भट्टराई लाई साथ दिएको हो ।
 अहो पत्र लेख्दा लेख्दै रातको एक बजेछ बिहानै पसिना सङ्ग पैसा साट्न जानु छ ।
तपाईँ र तपाईँका आसेपासे हरु सप्पै को जय होस ।
लालसलाम
खिमलाल पन्थी
अर्घाखाँची
हाल
पलायनबादी

Sunday, November 17, 2013

चुनाब

भर्खर काम बाट कोठामा आएँ ,
बत्ति बालें !
फोहोर कपडा अलग्गै गरेर हातमुख धोएँ
केहीबेर बसेर बिस्तारामा पल्टिएँ !
चिसो नै मौसम भए पनि मलाइ बिस्तारै गर्मि महसुस भो
 पैतला चिट चिट भयो
कन्याएं !
फेरी घुंडा मा चिट चिट भयो
कन्याएं !
उठें
 पानी पिएँ !
फेरी पल्टिएँ!
कम्मर तिर पसिना आए जस्तो भो !
सिरक खोलेर बसें
जाडो भयो !
फेरी पल्टिएँ !
अबत टाउको बाट पसिना आयो
हल्का डर लाग्यो !
संका लायो कतै केहि त् भएन !
उठेर बसें
फेरी पानी पिएँ !
पल्टिएर
 घोत्लिएर
कोल्टे फेर्दै
सोचें पक्कै केहि भयो
वा हुँदै छ !झल्यास्स सम्झिएँ
अहो देश मा चुनाब हुँदै छ ! ;) 

Tuesday, March 26, 2013

गजल


तिम्रो मनको फूलबारीमा बन्न खोज्दा माली प्रिया !
माया तेती पचेन क्यार टाढियौ दिई गाली प्रिया !!

संगै जिउने संगै मर्ने बाचा कसम खाको त्यो दिन !
एक अन्जुली मायाको सौगात हिड्यौ तेसै फाली प्रिया !!

छायाँ को आंचल मा बास बसी तिम्रो दिल मा छाउँछु भन्दा !
तिम्रो घमन्ड को उचाइमा पाउन सकिन शीतल पाली  प्रिया !!

अन्धकार बस्तिमा चिच्याई रहेको अबोध बालकको चित्कार जस्तै !
तिम्रो मायाको भिख माग्दा पाएँ केवल फोहोरको नाली प्रिया !

तिम्रो मनको फूलबारीमा बन्न खोज्दा माली प्रिया !
तिम्रो घमन्ड को उचाइमा पाउन सकिन शीतल पाली  प्रिया !
तिम्रो मायाको भिख माग्दा पाएँ केवल फोहोरको नाली प्रिया  !!!!!!

Sunday, March 3, 2013

सपनाको खोजि


पश्चिम नेपाल को दुर्गम गाँउ जन्मिएको नेत्र दस जोड दुई को अध्यान पुरा गरी सरकारी कलेज मा भर्ना हुन्छ निजी कलेजको कडा अनुशासन मा बाँधिएको नेत्र एकाएक चिडिया घर बाट मुक्त जनावर जस्तै स्वतन्त्र भएको थियो ।सरकारी क्याम्पस मा हुने विद्यार्थी राजनितिको प्रभाब उस्लाई नि केहि दिनमै पर्यो साथी भाई हरुको सँगत अनि माहोल ले उसलाई पनि राजनिती मा होमिन बाध्य बनायो ।अब कलेज को एक बिद्द्यार्थी सँगठन को सकृय सदस्य बन्यो
 क्याम्पस मा हुने हरेक कृयाकलाप मा सकृय सहभागी हुन्थ्यो ।दिन प्रतिदिन उसलाई राज्नितिको भुत सबार हुँदै थियो ।सँगठन ले दिएका हरेक जिम्बेवारी सहज रुपमा सम्पादन गर्दै गयो ।सँगठन मा उसको लगाब क्षमता को चर्चा हुन्थ्यो  मिलनसार नेत्र सबैको दुख सुख मा सहभागी भैइ रहेको थियो  
यसै बिच उसको पहिलो बर्ष को अध्ययन समय सकियो ।तर बिना पढाई ।समय बित्यो तर उसले पढाई भन्दा सँगठन तिर ध्यान दियो ।परिक्षा आयो उस्ले केहि सिमित बिसय हरुको जाँच दिने निधो गर्यो ।अरु बिसय को पढे को भए पो दिन सक्थ्यो  
कलेजमा नयाँ शैक्षिक सत्र सुरु भयो नयाँ बिद्द्यार्थी आउन थाले नेत्र लाई फेरी भ्याइ भ्याई थियो नयाँ हरुलाई स्वागत गर्न भनेर  सँगठन ले बिभिन्न कार्यक्रम राख्थ्यो सबै कार्याक्रम मा सकृय रहन्थ्यो  
नयाँ आउने हरुका बिच कविता प्रतियोगिता भएको थियो ।जहाँ पहिलो देखी तेश्रो हुने सम्म लाई बिद्द्यार्थी हरुको बनभोज मा सित्तैमा सहभागी हुने मौका थियो ।बनभोज नगरकोट जाने कुरो भयो ।सनिबार को दिन नगरकोट को यात्रा तय भयो बनभोज  मनाउन अलिक चल्ता फिर्ता नेत्र को सबै कामहरुमा ब्यबस्थापकिय सहभागीता  हुन्थ्यो सहभागी बिच परिचयात्मक कार्यक्रम चलिरहेको थियो तेसै बिच उसको नजर एक अन्जान चेहेरा मा जुध्न पुग्छ ।भ्यु टावर जाने मौका छोपी परिचय गर्यो संगीता ,अर्घाखाँची ।नेत्र झस्कियो आफ्नै जिल्लाको  केहि समय त्यहाँ का सुन्दर आकृती हरुका तस्बिर लिने क्रम चल्यो नेत्र ले पनि सहभागी सबै सँग तस्बिर खिचायो
 अर्को दिन बाट उहि दैनिकी  बि बि एस दोस्रो बर्ष मा पढ्ने नेत्र केहि गम्भिर हुँदै पढाई मा पनि ध्यान दिन थाल्यो ।कलेज को दैनिक राजनैतिक काम बहेक रातिमा अनि छुट्टै अतिरिक्त कोचिङ पढ्न थाल्यो  
नेत्र संगीता प्रती  दिन प्रतिदिन आकर्सित हुँदै गयो ।पढाईमा अब्बल ,साहित्य मा दख्खल राक्ने सुन्दर चन्चले स्वभाब एक प्रकारले क्यम्पसमै सबै भन्दा राम्री थिई साहित्य मा दख्खल भएको कारण नै बन्भोज मा निसुल्क गएकी थिई जहाँ दोस्रो भएकी थिइ कबिता प्रतियोगिता मा ।नेत्र संगीता प्रती एकोहोरो माया मा फसिसकेको थियो ।रात दिन उस्कै याद मा डुब्न थाल्यो ।उ सँग  एक ठाउँ मा भएको फोटो हेर्दै कल्पनामा हराउँथ्यो ।हिम्मत गरेर आफ्नो माया उस्लाई सबै सुनाउँ भएको थियो नेत्र लाई तर थामियो किनकी एक जिम्बेवार बिद्द्याथी नेता भैइ सकेको थियो जुन सँगठन मा केटी प्रती को लागाब लाई साँस्कृतिक बिचलन को लेप लगाइन्थ्यो मनका सबै चाहाना हरु दबाउनु पर्थ्यो पनि तेसै गर्यो ।तर समय को प्रबाहा सँग कस्को के लाग्छ आखिर संगीता लाई उस्ले कसै गरी आफ्नो माया को भेल पोखेरै छोड्यो उस्ले पनि माया स्विकार गरी  बिस्ततारै  उनिहरुको माया झाँगिदै गयो दुबै को घर मा समेत हल्ला भयो नेत्र को सँगठन मा समेत हल्ला भयो नेत्र ले स्पस्टिकरण दिनु पर्यो । तर माया को अगाडी कसैको केहि लागेन । उनिहरु यती सम्म गहिरो माया मा परेकी एक पल पनि अलग हुन नसक्ने भए ।बुद्ध नगर बस्ने संगीत ता लाई भेट्न नेत्र बबरमहल बाट हरेक बिहान सांझ जान्थ्यो । उता काठमाडौं बस्ने संगीता को दिदी ले समेत उनिहरुको सम्बन्ध को बारेमा थाहा पाउनु भयो बिस्ततारै दुबैलाई दबाब पर्दै थियो सम्बन्ध लाई दरिलो बनाउन समेत ।

पढाई मा कम राजनिती मा बढी ध्यान दिने नेत्र अब  पढाई मा ध्यान दिन थालेको थियो सँगइ राजनिती पनि बि बि एस तेस्रो बर्स पढ्दै गर्दा क्याम्पस मा स्वबियु को चुनाब को चहल पहल सुरु भयो ।नेत्र  चुनाब मा उठेर केहि गर्न चाहान्थ्यो लाज्ञो सबै बिद्द्यार्थी को मन जित्न अनि मत बटुल्न तर्फ ।उस्को ध्यान मात्र आफु राम्रो बनेर जसरि पनि चुनाब मा जितेर केहि गर्ने मै  थियो जुन स्वभाबिक नै थियो किनकी उस्को पकड राम्रै थियो
बिपक्ष्री हरु समेत उस्लाई सहयोग गर्न तयार थिए चुनाब को बेला आयो सँगठन बाट प्रतीनिधी को छनोट गर्नु पर्ने भयो सँगठन को केन्द्र बाट उमेद्वार हरुको  नाम को सुची आयो जुन क्याम्पस कमिटी बैठक मा पेस गरेर पास गराउनु पर्धथ्यो ।बैठक मा केहि बेर हङामा भयो किनकी त्याहाँ नेत्र को नाम थिएन कमिटी का प्राय सबै सदस्य नेत्र को पक्ष्य मा हुँदा पनि केन्द्र बाट आएका नेता ले नेत्र लाई प्रती निधी अस्विकार गर्न  बाध्य बनाए तीन बर्ष रात दिन भोक प्यास पढाई सबै त्यागेर  सँगठन को काम मा लागेको नेत्र एका एक छाँगा बाट खसे जस्तै भयो
चुनाब मा नउठे पनि नेत्र ले सबै लाई उत्तिकै सहयोग गर्यो ।चुनाब मा नेत्र को सँगठन ले केहि सदस्य बाहेक  हार ब्योहोर्यो पछी आन्तरिक समिक्षा बैठक मा हार को दोस नेत्र लाई लगाइयो असहयोग गरेको आदी इत्यादी भनेर बिष्तारै उस्लाई राजनिती प्रती बितिस्णा हुँदै गयो ।तेसै बिच बि बि एस तेस्रो बर्ष को परिक्षा आयो उस्ले राम्रो सनग सबै परिक्षा दियो समग्र मा उस्को नतिजा राम्रै आयो
सँगठन ले उस्लाई केहि जिम्बेबारी दिने बतायो तर उस्ले आफ्नै कारण संगीत ता को कारण फेरी राजनिती गर्ने सोच त्याग गर्यो ।स्नातक को पढाई सकेर बसेको नेत्र बिभिन्न अबसरको  खोजिमा भौतारी रहयो हातमा सैक्षिक प्रमाणपत्र को कागज देखाउदै सयौँ कार्यालय धायो कतै केहि उपाय लागेन कसैले उस्लाई जागिर दिएन ।मास्टर पढ्न उसँग आर्थीक अभाब थियो नेपाल प्रहरी को लागी पनि भर्ना हुन लाईन लायो तर अन्तिम अन्तरबार्ता मा उस्लाई असफल पारियो ।उस्ले थाहा पायो त्यहाँ पनि बिना घुस जागिर खान नपाउने रहेछ ।लोकसेवा मा जाने पनि नसोचेको हैन पहाडिया बाहुन को छोरो नेत्र ले त्यहाँ पनि प्रतिसप्राधा मा आरक्षित सिट पाउने हरु सङ असफल भयो निरास हुँदै अन्तत  गाउँ गयो
गाउँका आफै सँग का साथी हरु कोही पनि नेपाल मा थिएनन सबै पढ्न वा कमाउन भनि बिदेश गएका थिए ।खिम जापान , नरायण बेलायत्,रेशम बिनोद अस्ट्रेलिया ,अशोक जर्मनि,सुकदेब दुबाई,चन्द्र मलेसिया गएका रहेछन घर परिवार तथा समाज सँग उस्लाई लज्जा बोध भयो मानसिक दबाब महसुस गर्यो ।स्वदेश मै केहि गर्नु पर्छ भन्ने नेत्र एकाएक मन बदलेर बिदेश जाने सोच बनायो ।उता संगीता पढाई मा राम्रो गर्दै एक निजी बैन्क मा जागिर खान थाली
बिदेश जाने निधो गर्दै संगीता लाई भन्न  गयो उस्ले रोइ कराइ गर्दा पनि जसरि भए पनि - बर्ष लाई कमाउन जान्छु भनेर संगीता लाई सम्झायो ।संगीता ले हर प्रायस गर्दा पनि नेत्र अन्तत बिदेश जानी पक्का भयो सुन्दर सपना बोकेर उज्जवल भबिस्य को खोजिमा बिरानो मुलुक  गएको आज १६ महिना भएछ खै के पो गर्दै होला नेत्र यती बेला संगीता उसैको बाटो कुर्दै होली कि बिहे गरी होली ? सपनाको खोजिमा हिडेको नेत्र हरुको सपना खै कहिले पो पुरा होला ~~~~~~~~~~~~




उचित सुझाब को अपेक्षा गरेको छु यो मेरो जिबन कै पहिलो लेखाई हो लेख्दा असुद्दी हरु भएको हुन सक्छ युनिकोड को कारण र केहि मेरै अज्ञानता कै कारण