सधै जसो बिहान आठ बजे सम्म
सुतिरहेको थिएँ | आफैले सेट गरेको अलार्म बज्नु भन्दा छिटो जागेछु | दस बजे काम मा
जानु पर्ने आठै बजे उठेर के गर्नु यसै पनि चिसो बढ्दै गरेको बेला अल्छी मान्दै
सुतिरहेको थिएँ | फेसबुक को म्यासेन्जर मा पिलीक्क नोटिफिकेसन देखियो |
गाउँले दाई रहेछन | एकै छिन
मा कल गरि हाले उठाएँ | बिहानै हत्तनपत्त
कसैको फोन नउठाउने म तर गाउँले दाइ ले इन्डिया
बाट कल गरेको हुनाले उठाइहालें | भेट घाट नभाको कम्तिमा पांच बर्ष भएको थियो सायद
उनि संग | तेस्तै छ सात कक्षा मा पढ्थें होला मैले तेसै बेला देखि उनि एस एल सी
दिएर भागेर इंडिया पसेका | छिमेकी दाइ तेस्माथी इंडिया बसेर पनि धेरै राम्रो प्रगति गरेका सबैले प्रसंसा गर्थे उनको |
सोचें दुइ घण्टा गफै गरेर बिताउंछू |
भर्खरै दशैं र तिहार मनाएर अर्घाखाँची बाट
इन्डिया आएका रहेछन दाइ | सन्चो बिसन्चोको औपचारिकता पछी मलाइ आफु जन्मेको ठाउँको
बारेमा जान्न मन लायो | लामो समय भएको थियो खासै जानकारी नभएको जन्म ठाउँको | बसाई
सरेर कपिलबस्तु झरेको करिब ६ बर्ष भयो तर मलाइ कपिलबस्तु कैले आफ्नो लागेन | अझ भनौं म कपिलबस्तु मा घुलमिल हुनै सकिन | एस एल सी पास गरेपछि काठमान्डू पसियो तेसैले कि त काठमान्डू ले मन जित्यो कित अर्घाखाँची ले
| अझ खास मा काफल्नेटी ले |
दिनहुँ जसो सुन्दै र पढ्दै आएको देशको बिरक्त लाग्दो अबस्था ले वाक्क बनाइ रहेको
बेला के साँची गाउँ हरु सुने, पढे जस्तै होलान त मलाइ जान्नु थियो | तेसैले जिबन दाइ संग मलाइ गफिन मन लायो| मिजाशिला जिबन दाइ ले एक
एक गरेर सप्पै कुरा बताउन थाले गाउँ घरको केहि दुखद र केहि राम्रा कुरा हरु |
पहिले बिकास को चेतना नै नभएको गाउँ सांचिकै
अहिले केहि फेरिएको छ रे | मैले जान्ने भए देखि अहिले सम्म पानीको अभाब छ काफलनेटि
मा बर्षामास केहि राहत हुन्थ्यो गाउँमै पानीका मूल हरु फुटेर |जब हिउँद लाग्थ्यो
तब एक घण्टा तल गएर पानि बोकेर ल्याउनु
पर्थ्यो | बिजुली त एकादेशको कथा थियो हाम्लाई | अहिले भने प्युठान झिमरुक
जलबिद्धुत बाट बिजुली बत्ति बाल्न पाएछन | खुसीको सिमा नै रहेन मेरो त्यो सुनेर |
हुनत हप्तामा ७२ घण्टा अन्धकार मा बस्ने देशमा बिजुली बत्ति आएर के पो हुन्थ्यो र
तै पनि साना साना कुराले खुसि दिने हामि नेपाली लाइ |
तेही बिजुली को सहायता ले तल खोलाको पानी मोटार लगाएर माथि डाडोमा
तानेर वितरण गर्ने भनेर सबै गाबिस लाग्या छ रे अहिले धमाधम काम हुँदै छ रे | यो
सुनेर पुलकित भएं | गाउँ गाउँ मा पाइप लाइन बिछ्याउने काम भै राख्या छ रे सुन्दै
कस्तो कस्तो लाग्ने | खुसि को सिमा नै रहेन |
उबेला बिहान लगाएर दुइ
गाग्री पानी बोकेसी स्कुल जाने
बेला हुन्थ्यो | अब त घर घर पानीका धारा हुने भए कम्तिमा स्कुल पढ्ने केटाकेटी ले पानी बोक्ने समय पढ्न पाउने छन्
यो सोचे पछी आँखाका कचेरा पुछ्दै फुरुङ्ग भएँ |
बिकाश र चेतना एकै पल्ट छिर्दै रहेछ गाउँमा
उनले भने अनुसार | साँची अहिले पहाड फेरिंदै छ अरे | यस्ता कुरा सुन्दा युरोप मै बसे पनि एक पल्ट
पहाडको दुख, अशिक्षा को याद ले पेरिस को आइफल टावर लाइ जित्यो | पहाड का निम्ति
बनाएको भारतीय कम्पनि महिन्द्रा जिप पनि गुड्न मुस्किल हुने नाम मात्रको मोटर बाटो
दोहोरो भएको छ रे | सुन्दै अचम्म लायो | नलागोस पनि कसरी ? बाटो भत्किंदा महिना दिन सम्म पनि बनाउने मेसो
हुँदैनथ्यो | मध्ये पहाडी राजमार्ग अन्तर्गत ढोरपाटन – सुर्खेत जोड्ने बाटोको
मध्यभाग तेही पर्ने रहेछ | पहाडी राजमार्ग ले गर्दा गाउँको छेउ बाटै ठुलो बाटो मा
गाडी हिन्न पाउने भएछन | कम्तिमा दोहोरो चलन सक्ने भएछन खुसि लाग्यो सुन्दा | तर सम्झन्छु यदि
त्यो बाटोमा गाडी दुर्घटना भयो भने कम्तिमा बिस जना भन्दा कमि कहिले मरेका छैनन | जति ठुलो बाटो भए पनि के
काम गाडीको छत भरि मान्छे
खाँदेर दुर्घटना त भै हाल्छ | दाइ लाइ प्रश्न गरें |
होइन अब तेस्तो हुन्न होला
| किनकि अब बाट जिल्ला मा चल्ने सबै यात्रुबाहाक सबारी साधन मा छत मा यात्रु बोक्न निषेध गरिएको छ, ठाउँ ठाउँ मा चेकिंग हुन्छ |
यसले गर्दा दुर्घटनामा धेरै कमि आउँछ दाइले गज्जब को खबर सुनाए | जिल्लामा नयां डी एस पी आए देखि प्रहरी अनुगमन धेरै बढेको छ रे
| १४ जना अट्ने जिप मा गुन्द्रुक जस्तै खाँदेर छत् र भित्र बस्ने सबैलाई एकै भाडा
लिने गाडी मालिक हरुले गुनासो गर्दै थिए रे नाफा नहुने भो भनेर | भित्र, छत कतै बस्ने ठाउँ नापाएसी छेउमा
डन्डी समाएर कति पल्ट त म आफैले सदरमुकाम बाट घर सम्म को यात्रा गरेको छु | तर
भाडा सधै भित्र बस्ने ले जती बराबर तिर्नु पर्ने | भन्ने हो भने गाउँमा चल्ने जिप हरुको दादागिरी नै छ
जिल्लामा |
कुनै जमाना थियो गाउँ भरिका केटा हरु जम्मा भएर
भलिबल खेल्थे | आफ्नो पालो पाऊँन झगडा नै गर्नु पर्थ्यो खेल्ने धेरै हुने भएर | तर अहिले त क्यारम बोड खेल्ने
जोडी पनि मिल्दैनन् रे | दाइ ले गाउँको तितो सुनाए | पहिले पहिले ओल्लो घर पल्लो घर अल्लारे हरुको जमघट
, रमाइलो बसाइ , मेलापात , अर्मपर्म हुने गाउँमा अहिले १६-१७ बर्ष माथिका युवक भेट्न मुस्किल छ रे | बच्चा बच्ची र प्रौढ
मात्र गाउँ मा छन् दाइ ले यस्तै सुनाए | न त भलिबल नत् जमघट नत रमाइलो नाचगान नै
हुन्छन अचेल | एक प्रकार ले गाउँ आफैमा कतै हराई रहे जस्तो छ रे | अझ भन्ने हो भने त कोहि
कसैको मृत्यु मा मलामी जाने मान्छे पाउन नै मुस्किल भाछ अरे | गाउँमा कोहि युबा
विदेश बाट आयो भने बुढा बुढी हरुका निराशाले भरिएका निधारका चाहुरिएका धर्सा हरु
पनि खुल्न थाल्छन अरे | एक प्रकार को खुसि
मिलेको आभास हुन्छ रे |
गाई गोरु , भेंडा बाख्रा चराउन बन जंगल जाने
चलन त एकादेशको कथा नै भएको छ रे| किनं ? मैले सोधें | कसैले हल गोरु पालेका छैनन्
किन जानु पर्यो बन
जंगल | दाइ ले रुखो स्वरमा सुनाए | खासै राम्रो खेति पाति नहुने ओसिलो ठाउँमा केहि
परिवार ले अलैची खेति गरेका छन् अरे |
परम्परागत खेति प्रणाली बाट माथि उठेर केहि नगदे बालि तिर आकर्षित हुँदै छन् रे |
२०६० सालमा एस एल सी दिन सदरमुकाम सन्धिखर्क झरेको मलाई
आफैले पढेको माध्यमिक बिध्यालय अहिले उच्च मा बि भएको सुन्दा खुसिले सिमा नाघ्यो | घर छेउको
आफुले ५ सम्म पढेको बिध्यालय मा बि भएछ झनै हर्षित भो मन
|
पहिले धेरै घर परिवार हुन्थे गाउँमा | बनपात जान्थे | जंगल का सुकेका काठ दाउरा घर ल्याउँथे बन जंगल सफा गर्ने चलन थियो
बर्षको एक पटक | अहिले त बन जंगल जानै डर लाग्ने भएको छ रे | युवाहरु गाउँमै छैनन्
को जाओस बन जंगल दाइले निराशा पोखे |
पहिले गाउँको पर पर सम्म पनि देख्न मुस्किल हुने बाँदर ले अहिले हप्ता दिन सम्म गाउँमा डेरा जमाएर बालि नस्ट गरेर तथा घरमा पसेर दुख दिन थालेको छ रे | यी र
यस्तै गफ भए जिबन दाइ संग | रमाइला जिबन दाइ संग अझै बोल्ने मन थियो तर गाउँ सुन्य
पारेर हिनेको म काम मा समय भन्दा ढिलो जान पाउने कुरै भएन | तेसैले हतार हातर फोन काटें र मन भरी गाउँको
सम्झना बोकेर दौडिएँ रेल भेट्टाउँन |
यो लेखेर ब्लग मा पोस्ट नगर्दै
कुल पूजा अर्थात देवाली गरेको फोटो हरु फेसबुक मा देखें केही सिमित बुडा भएका बुबा
हरु र दाजू हरु रहेछन गाऊं मा फोटो माँ हेर्दा तेस्तै देखें | युबा हरु हुंदा रातभर जाग्राम बसेर झांकी निकालिन्थ्यो रमाइलो हुन्थ्यो धामी निस्किंथे नया | ती सब अब सम्झना मा मात्र सिमित रहने होलान सायद |
अस्तु
#लक्जेम्बर्ग