Monday, February 29, 2016

गजल

         

              



आफ्नो बसमा नभएको यो समय , मुर्दाबाद
सालै भरी देशमा आएका ती प्रलय , मुर्दाबाद !!

समय संग हिड्न नसक्नु कमजोरी कसको?
सधै भरी कुराउने यो प्रतीक्षालय,  मुर्दाबाद !!

संसारमा सबैभन्दा प्यारो हो स्वाभिमान
भारतमा सिक्किमको बिलय, मुर्दाबाद !!

सन्ततिलाई चिनाउन जोगाउनु छ इतिहास
नलायकलाई जोगाई राख्ने संग्रहालय, मुर्दाबाद !!

अस्त बेस्त जताततै बेहाल छ  देश भित्र
कानमा तेल हाली बस्ने मन्त्रालय ,मुर्दाबाद !!!!

No comments:

Post a Comment